कोचिङ सेन्टरमा भीषण आगलागी, १९ विद्यार्थीको मृत्यु (भिडियोसहित)

काठमाडौं । भारतको गुजरातस्थित एक कम्प्लेक्समा भएको भीषण आगलागीमा परी १९ जनाको मृत्यु भएको छ । आगलागी विद्युत् सर्ट भएर हुनसक्ने प्रारम्भिक अनुमान छ ।

कोचिङ सेन्टर रहेको कम्प्लेक्समा भएको आगलागी भएपछि त्यहाँका विद्यार्थीहरु तल्लो तलामा झर्ने कोसिस गरेका थिए । घटनाको एक भिडियो भाइरल भएको छ ।

भिडियोमा विद्यार्थीहरु कम्प्लेक्सबाट हामफालेको देख्न सकिन्छ । धेरै विद्यार्थीको मृत्यु आगोले डढेर भए पनि केहीको मृत्यु भने विल्डिङबाट हामफाल्दा भएको भारतीय मिडियाले लेखेको छ ।

विल्डिङमा ४० जना विद्यार्थी थुनिएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय मिडियाले लेखेको छ । अहिले त्यहाँ उद्धारको प्रयास जारी छ । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार