‘…त्यसपछि बोर्डिङ स्वत: बन्द हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निजी विद्यालय सरकारले बन्द नगराउने बताउनु भएको छ ।

‘कतिपयलाई सरकारले निजी विद्यालय बन्द गराउँछ कि भन्ने लागेको छ तर सरकार निजी विद्यालय बन्द गराउँदै हिड्दैन’ बिहिबार हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सरकार सामुदायिक विद्यालयको स्तर उकास्ने योजनामा छ, प्रतिस्पर्धाको जवाना छ, सामुदायिक विद्यालयको स्तर यसरी माथि उठाइन्छ, विद्यालय जब गुणस्तरीय र निःशुल्क हुन्छ,  त्यसपछि बोर्डिङमा कोही भर्ना हुँदैन, अनि स्वत: बन्द हुन्छ ।’

सरकारी विद्यालयको शिक्षा गुणस्तरीय नभएसम्म निजी विद्यालय चल्ने प्रधानमन्त्रीको भनाइ छ । ‘मैले निजी क्षेत्रलाई भनेको छु–निजी क्षेत्रलाई खतरामा पारिनेछ’ उहाँले भन्नुभयो, सामुदायिक शिक्षालयमै पढाई राम्रो भएपछि पैसा बोकेर बोर्डिङमा कोही  पनि जाँदैन ।’

प्रधानमन्त्रीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन आह्वान गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार