
बारा । विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्को एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।
बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साहको मृत्यु भएको हो ।
हाम फाल्दा १४ वर्षीया छात्रा गम्भीर घाइते भएकी छन् । दुवै जनाले विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।
साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।