
हेटौंडा । सञ्चारकर्मी एवं कवि डा. नवराज लम्साल ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’बाट सम्मानित भएका छन् ।
२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा मंगलबार चलचित्र पत्रकार संघ मकवानपुरले स्थापनाको दिवस मनाउँदै डाक्टर लम्साललाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मानित गरेको हो । तीन दशकभन्दा लामो समय नेपाली कला, भाषा र चलचित्र क्षेत्रमा कलम चलाएका डाक्टर लम्साल अहिले रेडियो नेपालमा कार्यरत छन् ।
स्थापना दिवसका अवसरमा ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउँदै आएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत भएका छन् । पराजुलीलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई चलचित्रकर्मी सम्मान २०७६ बाट सम्मान गरिएको छ ।