लमजुङ केन्द्र भएर दुईवटा भूकम्प

काठमाडौं । लमजुङमा लगातार दुइवटा भुकम्पको धक्का महसुश गरिएको छ ।

बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर मंगलबार राति र बुधबार विहान लगातार दुइवटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प र  बुधबार बिहान ३ बजेर २८ मिनेटमा ३ दशमलव ९ रेक्टर स्कलकाे पराकम्प गएको हो ।

दुवै भुकम्प २०७२ बैशाखको भुकम्पको पराकम्प भएको केन्द्रले जनाएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार