
काठमाडौं । बिहान देशका आधिकांस भेगको मौसम समान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि भने बदली भई पहाडी भुभागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभाव परेकोले अपरान्हपछि केही स्थानमा पानी पर्ने सम्भावना छ ।
राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १८ दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियस सम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।