६:३८ मा २४औं पटक सगरमाथाकाे सफल आरोहण

काठमाडौं । किर्तिमानी आरोही कामिरिता शेर्पाले २४ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

उहाँले आज विहान ६ बजेर ३८ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

उहाँले एकै हप्तामा दुई पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । उहाँले गएको बुधबार मात्रै २३ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सेभेन समिट कम्पनीबाट कामिरिताले एकै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

लगातार आफ्नै रेकर्ड तोड्दै आएका कामिरिताले २५ पटक सगरमाथाको सफल आरोहरण गरेपछि मात्रै विश्राम लिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार