Logo

दशैंपछि खानपानमा ध्यान दिनुपर्ने कुरा



कखरा संवाददाता


दशैंमा एक पटक पकाएको मासु तथा अन्य परिकार दशैंभर खाने चलन पनि छ । यस्ता खानपानले हाम्रा स्वास्थ्य असर गर्छ । दशैंमा हामी जसरी खानपानमा केन्द्रित हुन्छौं, त्यति आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक हुन्छ ।

दशैंमा बढि मात्रामा, एकै पटक एकै खाले मासुजन्य परिकार खादाँ बिभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यसबाट बच्न समयमै कम खाने, समय अन्तरमा खाने गर्नु पर्दछ । तर दशैंमा खानपानमा नियन्त्रण हुन सक्दैन र मानिस बिभिन्न स्वास्थ्य समस्या झेल्न बाध्य हुन्छन् ।

बासी नखाने
बासी खानु त्यसै पनि राम्रो होइन । तर मासुको हकमा भने प्रोटिन तत्व आगोले नष्ट नगर्ने, बासी हुँदा पनि नजाने हुँदा एक दुई दिनसम्म सुरक्षित प्रयोग गर्न सकिन्छ । तर धेरै बासी खानु राम्रो होइन । गनाउने, किटाणुहरु पनि आइसकेको मासु खाँदा स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसैले दशैँमा थोरै थोरै सधैँ पकाएर खाँदा स्वास्थ्यलाई कुनै पनि असर गर्दैन ।

फ्रिजका सामानको प्रयोग
दशैंमा धेरै मानिसले गर्ने अर्को गल्ती हो, फ्रिजका राखेको खानेकुरा प्रयोग । फ्रिजमा राखेर लामो समयसम्म खानेकुरा खानु ठीक हुदैँन । फ्रिजमा धेरै दिन राखेको खानेकुरालाई स्वास्थकर हुदैँन ।

दूग्धजन्य पदार्थहरु छिट्टै बिग्रिने हुँदा फ्रिज प्रयोग गर्नु नै पर्छ । अरु खानेकुरा पनि एक दुई दिनसम्म फ्रिजमा राख्न सकिन्छ । तर छोपेर राख्नुपर्ने हुन्छ । तातो, अमिलो, पिरो, तेलयुक्त पदार्थ प्लास्टिकको सामानमा प्रयोग नगर्दा राम्रो हुन्छ ।

यस्तै चाडै सड्ने खाना कागजमा बेरेर फ्रिजमा राख्न सकिन्छ । फर्सी, इस्कुस, घिरौंला जस्ता सागसब्जी बाहिर राख्दा पनि कुहिँदैन । तेलले खानालाई सुरक्षित राख्ने काम गर्छ, त्यसैले तेल भएका खानेकुरा फ्रिजमा नराख्दा हुन्छ । पुराना अचार पनि फ्रिजमा नराख्दा हुन्छ ।

बोसोको प्रयोग
दशैँ खानपानको मुख्य पर्व भएकाले यो समय खानपानलाई महत्वका साथ हेरिन्छ । दशैंमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वास्थ्यलाई फाइदा गर्दैन । बोसो निकालेर रातो मासु बनाएको भन्दा पनि बोसो नै नभएको मासु राम्रो हुन्छ ।

अर्को प्रशोधन नगरेको ताजा मासु खानु राम्रो हुन्छ । अहिले धेरै बोसोजन्य मासु पाइने हुँदा हानिकारक भनिएको हो । यस्तो मासुमा प्रोटिनको मात्रा कम हुन्छ । बोसोको मात्रा धेरै हुन्छ । हामीले सेवन गर्ने मासुमा जम्ने बोसो धेरै मात्रामा पाइन्छ । अनि कडा किसिमको बोसो भएको मासु खाने हाम्रो दैनिक जीवनयापन हिँडडुल नगर्ने, धेरै सवारी साधनमा प्रयोग गर्दा पनि रातो मासु हानिकरक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्