Logo

विराटनगरबाट ‘नेपाल आइडल सिजन ४’को ‘जज अडिसन’ सुरु



कखरा संवाददाता


काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को विराटनगरमा पहिलो जज अडिसन सुरु भएको छ ।

डिजिटल अडिसनबाट सेलेक्ट भएका पार्टिसिपेन्टहरूको जज अडिसन निकै उत्साहजन भइरहेको नेपाल आइडलको प्रोडक्सन टिमले बताएको छ ।

एक सय जना भन्दा बढी पार्टिसिपेन्टहरूले अडिसन दिएको आइडलबाट कति जना र को को छानिए भन्ने कुरा भने टेलिभिजनमै हेर्नुपर्नेछ ।

यो रियालिटी शो सिजन एक देखि नै एपिवान टेलिभिजनमा प्रसारण भइरहेको छ । पहिलेको भन्दा यो सिजन फरक हुने प्रोडक्सन टिमले बताउँदै आएको छ ।

विराटनगरमा अडिसन सम्पन्न भएपछि नेपालगन्ज र पोखरामा पनि दशैँ अघि नै अडिसन सम्पन्न हुनेछ । काठमाडौँमा भने दशै र तिहारको बिचमा अडिसन हुने बताइएको छ ।

यो सिजनलाई असिफ शाह र रेश्मा घिमिरेले होस्ट गरिरहेका छन् भने शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुबानी मोक्तानले नयाँ प्रतिभाको जज गरिरहेका छन् ।

सुरेश पौडेलले यो सिजनको निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्