Logo

गैरआवासीय नेपाली संघ बेल्जियममा केसी विजयी



कखरा संवाददाता


काठमाडाैं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत र उनका निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद भट्टले ६०९ मत पाए भने अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् ।

यसअघि आइतबार मतदान सकिन आधा घण्टाअघि एनआरएन बेल्जियमको मतपेटिका तोडफोड हुँदा विवाद भएको थियो । उम्मेदवार, निर्वाचन समिति र सामाजिक अगुवाहरुको सर्वपक्षिय भेलाले सहमत जनाउँदै सोमबारदेखि मतगणना शुरु भएको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी) पदका लागि रोशन जोशी (भीम) ७४४ मतका साथ विजयी बने । गंगाप्रसाद शर्मा पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन् । उनले ७१९ मत  प्राप्त गरे ।

उपाध्यक्षतर्फ लालबहादुर गुरुङ्ले ७१८ मत प्राप्त गर्दै विजयी बने । उपाध्यक्षमा नै तीर्थ धमला ६८६ मत ल्याउँदै निर्वाचित भए । युवा उपाध्यक्षमा राजेश केसी ८७१ मतका साथ विजयी बनेका छन् । महासचिवमा रमेश कँडेल ७७६ मत ल्याउँदै निर्वाचित भए । सचिवमा सुवास भट्ट ७३७ मत र जगदिश सापकोटा ६९७ मत प्राप्त गरी विजयी भएका छन् ।

कोषाध्यक्षमा पुष्प नेपाल ७२८ मत प्राप्त गर्दै निर्वाचित भए। यस्तै सहकोषाध्यक्षमा बेनी ढुंगाना ५५४ मतका साथ विजयी बनेका छन् । निर्वाचन समितिका सदस्य सचिव शिवकुमार वरुवालले मंगलबार विहान अन्तिम मतपरिणाम घोषणा गरेका हुन् । कार्यसमितिका अन्य पदहरुमा यसअघि नै निर्विरोध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्