Logo

एनआरएनए बेल्जियमको मतदानमा कुटाकुट, मतपेटिका तोडफोड



कखरा संवाददाता


काठमाडौँ- गैरआवसीय नेपाली संघ (एनआरएनए)बेल्जियमको मतदानमा विवाद हुँदा कुटाकुट भएको छ । एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनाव सकिन आधा घण्टा बाँकी रहँदा निर्वाचनस्थल रणभूमिमा परिणत भएको हो ।

पाँच जना जति गैरनेपालीहरु मतदानस्थलमा आएर एकाएक मतपेटिका तोडफोडमा लागेपछि त्यसको प्रतिकारमा उत्रदा कुटाकुट भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणहरुमा उल्लेख छ ।

घटनामा कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि कुर्सी प्रहार गरी सख्त घाइते भएका छन् ।

घटनापछि निर्वाचन विथोलिएको छ । निर्वाचन समितिका संयोजक तथा एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष लोकप्रसाद दाहालले मतपेटिकाहरु सुरक्षित रहेको र उम्मेदवारहरुसँग परामर्शपछि अर्को निर्णय लिइने जनाएका छन् ।

आक्रमणकारी को हुन् र किन यस्तो गरे भन्नेबारे अनुसन्धान भइरहेको छ । निर्वाचन समितिले बेल्जियम प्रहरीलाई आक्रमणको घटनाको भिडियो फुटेजसमेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्