Logo

पाकिस्तानका पूर्व कप्तान अफ्रिदीले ईपीएल खेल्ने



कखरा संवाददाता


काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौथो संस्करणको ईपीएल खेल्ने भएको टीमले जानकारी दिएको छ । टीमले आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले आफ्नो टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको हो ।

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्