Logo

भरतमणिलाई भोट गर्न योगेशको भट्टराईको अपिल



कखरा संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गर्नुभएको छ ।

उत्कृष्ट पाँचमा पुग्नका लागि योगेश भट्टराईले आफ्नै जिल्ला ताप्लेजुङका भारतमणिका लागि भोट गर्न आपिल गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरू सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हाँस्य ब्यङ्ग्य क्षेत्रको उदाउँदो मणी जस्तो लाग्छ ।’

उहाँले लेख्नुभएको छ, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायामा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय छदैछन्, त्यो भन्दा पनि बढी प्रतिभाशाली छन् ।’

उहाँले थप्नुभएको छ, ‘कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यीनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभुती गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभुति मात्रै हो । बाँकी निर्णय अधिकार त तपाइँहरूकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’

भट्टराईले यसअघि पौडेललाई ६ लाख रुपैयाँ पुरस्कारको समेत घोषणा गरिसक्नुभएको छ । जसमध्ये १ लाख रुपैयाँ भट्टराई स्वयम्ले दिनुभएको हो । कमेडी च्याम्पियनको दोस्रो सिजनको उत्कृष्ट ६ मा भारतका दुई जनासँगै नेपालका ४ जना प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्