Logo

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतको सानदार जित



कखरा संवाददाता


एजेन्सी । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो ।

जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदै २५ रन बनाए ।

यस्तै शुबमन गिलले अविजित १५ रन जोडे । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए ।

कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए । त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्