Logo

काेराेना संक्रमण: विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन



कखरा संवाददाता


लण्डन । कोरोना भाइरस को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रिकामा १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या ३ सय १९ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्