Logo

आगामी तीन दिनको मौसम पूर्वानुमान



कखरा संवाददाता


१४ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आइतबार देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ । यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्