Logo

नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)



कखरा संवाददाता


१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै ओलीले शनिबारको सचिवालयमा लिखित जवाफ पेस गरेका हुन् ।

ओलीले प्रस्तावमा महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाउन आग्रह गरेका छन् । ‘हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरू हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरूलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ,’ उनले प्रस्तावमा भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।’

प्रचण्डले पेस गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्