Logo

सन्दीप लामिछानेलाई कोरोना संक्रमण



कखरा संवाददाता


१३ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

गएको बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले उल्लेख गरेका छन् ।

होम आइसोलेशनमा बसेको बताएका सन्दीपले ट्वीटमा लेखेका छन्, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईँहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभकाे कामना गरिदनु हाेला ।’

प्रतिक्रिया दिनुहोस्