Logo

चर्चित नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने



कखरा संवाददाता


१० मंसिर, काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् ।

अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि।सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

फिल्म भने भारतीले सुब्रतराज आचार्यसँगको सहकार्यमा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा छ ।

‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रिप्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि फिल्मको छायाँकन थालिने छ’ निर्देशक सुब्रत आचार्यले भने । ‘बोक्सीको घर’ को निर्माता वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारी र कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

प्रतिक्रिया दिनुहोस्