Logo

एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै नेपाल



कखरा संवाददाता


२८ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षभन्दा लामो समयपछि शुक्रबार अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै छ।

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार शुक्रबार बेलुकी पाैने पाँच बजे हुने छ।

नेपालले गत वर्षको नोभेम्बरयता अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन। नेपालले अन्तिमपटक विश्वकप छनोटअन्तर्गत कुवेतसँग खेलेको थियो जसमा १-० गोलले पराजित भएको थियो।

त्यसयता कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपालका सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धा स्थगित भएका थिए।

कोरोना भाइरसको महामारीबीच खेलकुदमा फर्कन बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको थियो। नेपाल र बंगलादेशबीच दोस्रो र अन्तिम मैत्रीपूर्ण खेल मंसिर २ गते हुने छ।

यी दुई टोली अन्तर्राष्ट्रिय फुटबलमा अन्तिमपटक सन् २०१८ को सेप्टेम्बरमा भिडेका थिए साफ च्याम्पियनसिपमा जसमा नेपाल २-० गोलले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्