Logo

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित



कखरा संवाददाता


२३ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३–० को जित दर्ता गरेको हो ।

डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन् । उनले २६ औँ मिनेटमा गोल गरे । सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् । इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन् ।

बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २(१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १(१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्