Logo

‘अन्तरदृष्ट नेपाल’लाई दीपक–दीपाको सहयोग



कखरा संवाददाता


१८ असोज, काठमाडौं । अभिनयका अलवा कलाकार बेलाबेखतमा समाजसेवामा पनि देखिने गरेका छन् । यस्तैमा कलाकार दीपकराज गिरी, दीपाश्री निरौलाले कपन बालुवाखानीमा रहेको ‘अन्तरदृष्टि नेपाल’ अनाथालयलाई सहयोग गरेका छन् ।

नन्दा सिंह सहित दृष्टिविहीनहरुले चलाएको उक्त अनाथालयमा दीपक–दीपाले शुक्रबार दशैंका लागि कपडा, ब्ल्याङ्केट सहित खाध्यान्न सहयोग गरेका हुन् ।

दीपक–दीपाले नयाँ कपडा दिदा बालबालिका निकै खुसी देखिन्थे । अनाथालयमा १३ बालबालिका रहेका छन् । उक्त अवसरमा दीपक–दीपाले अनाथालयको एकबर्षको घरभाडा समेत आफूहरुले ब्यहोर्ने बताएका थिए ।

सोही अवसरमा अनाथालयकी संचालिका नन्दाले अनाथालय सञ्चालन गर्दा भोग्नु परेको समस्या दीपकदीपालाई सुनाइन् । कार्यक्रममा दीपक–दीपाले अमेरिकाको न्यूयोर्क निवासी शान्ति गुरुङले अनाथालयका लागि पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्