Logo

दार्चुलामा बाटो बनाउन एनआरएनए कंगोको सहयोग



कखरा संवाददाता


१६ असोज, काठमाडौं । दार्चुलामा वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले सहयोग गरेको छ ।

महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएपछि एनआरएनए कंगोले अमेरिकी डलर एक हजार ३०५ (करिब १ लाख ५३ हजार रुपैयाँ) सहयोग गरेको हो।

बाढीले बगाएर स्थानीयलाई आवजजावतमा समस्या भएकाले उक्त बाटो मर्मतका लागि एनआरएनए कंगोले सहयोग गरेको अध्यक्ष ढक बहादुर क्षेत्रीले जानकारी दिए । उनले कोरोना महामारीकै बीच आइलागेको यस प्राकृतिक विपत्तिको घडीमा राहत संकलनमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्