Logo

कोरोनाबाट शेर्पा संघ बेलायतका अध्यक्षको निधन



कखरा संवाददाता


९ असोज, काठमाडौं । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत २९ असारमा कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । तर, २ हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

१ साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक शेर्पा आफ्ना ३ छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् । रासस

प्रतिक्रिया दिनुहोस्