Logo

प्रधानमन्त्री ओली र प्रचण्डबीच तीन घन्टा छलफल



कखरा संवाददाता


९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्क्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। अध्यक्षद्वयबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल भएको हो।

प्रधामन्त्रीको सचिवालय स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएको छ। नेकपाको यसअघिको स्थायी कमिटी बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयन र बाँकी रहेको पार्टी एकतालाई पूर्णता दिने विषयमा छलफल गर्न अध्यक्षद्वयबीच भेटघाट भएको स्रोतका भनाइ छ।

मंगलबार बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताका कामलाई पूर्णता दिन अध्यक्षद्वय केपी शर्मा ‌‌ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्