Logo

सहज भएन व्यापार : आयात २२ प्रतिशत घट्यो, निर्यात १० प्रतिशत बढ्यो



कखरा संवाददाता


७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार साउनमा केही वृद्धिको संकेत देखिए पनि भदौमा पुनस् कमी आएको छ । चालू आर्थिक वर्ष ९आव०को पहिलो दुई महिनामा समग्र आयात व्यापार २२ प्रतिशतले कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

पहिलो दुई महिनामा १ खर्ब ७८ अर्ब रुपैयाँको मात्रै सामग्री आयात भएको छ । गत आवको पहिलो दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको सामग्री आयात भएको थियो । साउनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशले व्यापार घटेकोमा भदौमा भने गत आवको भदौको तुलनामा २५ प्रतिशतले कमी आएको हो ।

गत आवको भदौ महिनामा १ खर्ब २३ अर्ब रुपैयाँको यस्तो सामान आयात भएकोमा अहिले भने ३० अर्ब घटेर ९३ अर्ब रुपैयाँको मात्रै सामान आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ । दुई महिनाको अवधिमा भने गत वर्षको सोही अवधिको तुलनामा ५१ अर्ब रुपैयाँले आयातमा कमी देखिएको छ । लकडाउन लागू भएपछि गत वैशाखमा औसतको तुलनामा ५० प्रतिशत मात्रै व्यापार भएको थियो ।

जेठ, असार र साउनमा क्रमशः व्यापार बढ्दै गएकोमा भदौमा भने धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएपछि व्यापारमा ह्रास आएको भन्सार विभागका अधिकारी बताउँछन् । बजार खोल्ने बन्द गर्ने अनिश्‍चिताको कारणले व्यापारीले पनि विदेशबाट सामान ‘अडर’ कम गरेका छन् । आव २०७५/७६ को तुलनामा गत वर्ष पनि साउनमा ११ प्रतिशतले कमी आएको व्यापार भदौमा बढेपछि ४ प्रतिशतको मात्रै कमि देखिएको थियो ।आयात व्यापारमा निरन्तर कमी आएपछि भन्सार राजस्वमा पनि संकुचन छाएको छ । गत वर्षको तुलनामा भन्सार राजस्व २४ प्रतिशतले कमी आएको छ ।

गत आवको पहिलो २ महिनामा ६२ अर्ब ९१ करोड रुपैयाँको भन्सार राजस्व उठेकोमा चालू वर्षको यो अवधिमा १५ अर्ब ८ करोड करोड रुपैयाँले ४७ करोड ८३ अर्ब रुपैयाँ मात्रै उठेको छ । सरकारले ४० प्रतिशत भन्सार राजस्व वृद्धिको लक्ष्य राखेकोमा पहिलो दुई महिनामा २४ प्रतिशत कम देखिएको छ ।

आयातमा आएको कमीको कारण भन्सार राजस्व घटे पनि निर्यात भने क्रमशः बढेको देखिएको छ । यद्यपि, नेपालीको अन्तर्राष्ट्रिय व्यापार निर्यातको योगदान न्यून भएकोले ठूलो प्रभाव पार्न सकेको देखिएको छ । पहिलो दुई महिनामा निर्यात गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको छ । पहिलो महिनामा भने ८.८७ प्रतिशतले मात्रै बढेको थियो ।

साउन र भदौ महिनामा २० अर्ब ४४ करोडको सामान अन्तर्राष्ट्रिय बजारमा गएको छ । तर, गत वर्ष सोही अवधिमा १८ अर्ब ५० करोड रुपैयाँको मात्रै यस्तो सामग्री निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्