Logo

चारवटा प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षा हुने



कखरा संवाददाता


३ असोज, काठमाडौं । देशभर शनिबारको मौसममा सामान्यतया बदली रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौुमविदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहानीपख देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ। प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्