Logo

परदेशी दाइसँग बहिनीको दुखेसो ‘आउने कि नआउने दाइ’



कखरा संवाददाता


२ असोज, काठमाडौं । गायक पशुपति शर्माको स्वरमा रहेको दशैँतिहार गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर छ ।

जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा विनोद पराजुलीले संगीत संयोजन गरेका छन् । गोरखा चौतारी म्युजिकले उत्पादन तथा वितरणको जिम्मा लिएको गीत बसन्त पोखरेल (विवश) र सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो ।

परदेशमा रहेको दाजु र गाउँघरमा रहेकी दुई बहिनीबीचको बिछोडको मर्मलाई गीतले बोकेको छ । गीतमा परदेशीको पीडासँगै कोरोना भाइरसका कारणले परेको समस्याको पक्षलाई पनि देखाउन खोजिएको छ ।

उत्कृष्ट शब्द, स्वर र लय रहेको गीतको भिडियो पनि अब्बल बनेको छ । स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलको सम्पादन गरेका हुन् । भिडियो पोस्ट प्रोडक्सनको काम उमङ्ग फिल्म्सले गरेको हो ।

ट्रेन्डिङमा प्रवेश गरिसकेको भिडियो विस्तारै उकालो चढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्