Logo

सुकेको प्याजको भाउ ह्वातै बढ्याे, भान्सा महङ्गियाे



कखरा संवाददाता


३१ भदौ, काठमाडौं । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा भारतीय सुकेको प्याजको भाउ ह्वातै बढेको छ । दक्षिण भारतमा भारी वर्षाका कारण प्याजको उत्पादन घटेको भन्दै भारतले निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा हिजोदेखि यसको भाउ बढेको हो ।

कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा बुधबार प्याजको मूल्य प्रतिकिलो १ सय १८ देखि १ सय २० रुपैयाँसम्म तोकिएको छ । तर खुद्रा बजारमा र तरकारी पसलमा भने व्यापारीले मनपरी भाउ तोक्दा उपभोक्ताको भान्सा अचाक्ली महङ्गिएको छ । कालीमाटी बजारमा प्याजको थोक मूल्य एकैदिन किलोमा ४४ रुपैयाँ बढेको छ । प्याजमा पुरै भारतको भर पर्नुपरेका कारण भारतबाट आयात रोकिँदा उपभोक्ता मर्कामा परेका कालिमाटी तरकारी बजारले जनाएको छ ।

तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले स्थानीय उत्पादन अत्यन्तै न्यून रहेको र भारतबाहेक का अन्य देशबाट तत्काल प्याज आयत गर्न सम्भब नभएकाले भान्सामा प्याजको प्रयोग घटाउनु तत्कालका लागि राम्रो विकल्प हुने बताए । भारतले यसअघि पनि विभिन्न कारण देखाउँदै निर्यातमा प्रतिबन्ध लगाउँदा प्याजको भाउ आकासिएको थियो ।

प्रतिक्रिया दिनुहोस्