Logo

थप दुई जना कोरोना संक्रमितको मृत्यु



कखरा संवाददाता


३१ भदौ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको आज विहान ६ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष हिजो विहान पौने ११ बजे अस्पताल भर्ना भएका थिए । मिर्गौला रोगबाट पीडित उनमा उच्चरक्तचापको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी, धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको हिजो अपरान्ह मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि भदौ २७ गते प्रतिष्ठानमा भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । यो सँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्