Logo

सिन्धुपाल्चोकमा बिहानै दुई पटक भूकम्पको धक्का



कखरा संवाददाता


३१ भदौ, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर आज विहान दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर विहान ५ बजेर १९ मिनेटमा ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकबिजय अधिकारीले जानकारी दिए ।

राम्चे आसपासनै केन्द्र भएर विहान ६ बजेर १० मिनेटमा ३ दशमलब ८ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । ६ रेक्टर स्केलको भूकम्प जँदा ठूलो धक्का काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा पनि महसुस भएको थियो । भूकम्पविद अधिकारीका अनुसार दुवै भूकम्प २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हुन् ।

सिन्धुपाल्चोकमा भूकम्पले पु¥याएको क्षतिको कुनै विवरण भने प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । भूकम्पले तत्काल घर नभत्काएपनि जिल्लामा पहिरो जोखिम थप बढाएको उनको भनाइ छ । २०७२ सालको भूकम्पले पनि सबैभन्दा धरै क्षति पु¥याएको सिन्धुपाल्चोकमा यस वर्ष पटक पटकको बाढी पहिरोले ठूलो जनधनको क्षति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्