Logo

राष्ट्रकविको सम्झनामा रायमाझीले बनाए ‘उनको प्रीति’ को नयाँ भर्सन



कखरा संवाददाता


३० भदौ, काठमाडौं । स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिसं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ ।

२०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् ।

गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे– ‘प्रेम गरिन्छ, कि हुन्छ ?’ संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ भन्दै आफुलाई घिमिरेले यो गीत दिएको रायमाझीले सम्झिए ।

पहिले जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ ।

गीतको भिडियो छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्