Logo

क्यानबाट मासिक ४५, ३५ र २५ हजार भत्ता पाउने यी हुन् २२ जना नेपाली क्रिकेटर



कखरा संवाददाता


२६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यानले खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ। सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ।

विगतको भन्दा मासिक भत्ता जनही १० हजार रुपैयाँ बढाइको छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक २५ हजार रुपैयाँ भत्ता पाएका छन्।

क्यानले सन् २०१९ का लागि सन् २०१८ मै २२ खेलाडीलाई विभिन्न ३ वटा श्रेणीमा राखेर ‘ग्रेडिङ’ गरेको थियो। ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन् । ग्रेड एमा रहेका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र करन केसी छन्।

ग्रेड बीमा अविनाश बोहरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजबंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी छन्। ग्रेड सीमा इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र रसिद खान छन्।

सन् २०२० का लागि अब खेलाडीको ग्रेडिङ गरिने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्