Logo

तीन दिननसम्म भारी वर्षा नुहने



कखरा संवाददाता


२१ साउन, काठमाडौं । देशका धेरैजसो स्थानमा तीन दिनसम्म भारी बर्षा नहुने भएको छ ।

स्थानीय वायुको प्रभाव कमजोर भएको न्यूनचापीय रेखा पनि भारततर्फ सरेका कारण भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मशाखाका अनुसार बुधबार बागमती, प्रदेश १, र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षा भइरहेको छ । बुधबार दिनभरी नै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्ययम खालको पानी पर्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी र निरन्तरको वर्षा पनि हुने मौसमविद् मानन्धरको भनाइ छ ।

काठमाडौं उपत्यकाको विहानको न्युनतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर ३४ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्