Logo

कोरोना संक्रमणबाट पर्सामा १८ वर्षीया किशोरीको मृत्यु



कखरा संवाददाता


२१ साउन, काठामाडौं । पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका–९ की १८ वर्षीया किशोरीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा उनको गत सोमबार मृत्यु भएको थियो ।

मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ भने देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्