Logo

सुशान्तको आत्महत्‍याबारे ‘दिल बेचारा’का कलाकारसँग सोधपुछ गरिने



कखरा संवाददाता


१८ साउन, काठमाडौं । बलिउड नायक सुशान्त सिंह राजपूत सुसाइडको सम्बन्धमा बिहार प्रहरीले उनको अन्तिम फिल्म ‘दिल बेचारा’का कलाकारहरुसँग सोधपुछ गर्ने भएका छन्।

यसअघि शुक्रबार फिल्म निर्देशक मुकेश छाबडासँग प्रहरीले सोधपुछ गरेको थियो। प्रहरीले सुशान्तले फिल्मको बेलामा उनीहरुको सुटिङको माहोल कस्तो थियो भन्‍नेबारेमा जानकारी लिन चाहेको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन्। साथै रिया र सुशान्तको सम्बन्ध कस्तो भन्‍ने बारेमा समेत चासो लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ‘दिल बेचारा’ फिल्ममा काम गरिसकेका साहिल वैद बाहेक सुशान्तका नयाँ निर्देशक तथा सवारी चालकसँग पनि सोधपुछ गरिने प्रहरीले जनाएको छ।

यसका साथै प्रहरीले फिल्मकी नायिका सञ्‍जना सांघीसँग पनि सुशान्तको बारेमा सोधपुछ गर्नेछ भने रिया चक्रवर्ती र उनका भाइसँग पनि प्रश्‍नहरु सोध्‍ने बताइएको छ।उनीहरु सुशान्तसँग नजिकबाट घुलमिल भएका कारण त्यतिबेला उनले कसरी कुरा गर्थे भन्नेबारेमा विहार प्रहरीले अनुसन्धान थालेको छ।

यता, प्रहरीले शुक्रबार नै सुशान्तको ‘हाउस किपर’सँग पनि सोधपुछ गरिसकेको छ। हाउस किपरका अनुसार रिया चक्रवर्तीको अनुमतिबिना घरमा कोही पनि पस्न पाउँदैनथे। त्यतिमात्रै होइन सुशान्तसँग भेट्‍न रियाको अनुमति चाहिन्थ्यो भने सुशान्तको सुत्नेकोठासम्‍म जान समेत मनाही थियो।

प्रतिक्रिया दिनुहोस्