Logo

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्दै



कखरा संवाददाता


१७ साउन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ दरको सो आईपीओ कुल ६३ करोड रुपैयाँबराबरको छ । बोर्डले आईपीओ निष्कासनको अनुमति पाएसँगै उक्त शेयर निस्कासन हुने पक्का भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनीहरूबाट चुक्तापुँजी कायम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्