Logo

बिहानै तीन सय नेपाली स्वदेश फर्किए



कखरा संवाददाता


१ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स युएइबाट बिहीबार झन्डै तीन सय नेपाली स्वदेश फर्किएका छन् ।

दुबईबाट नेपाल एयरलायन्सको विमानमार्फत् १ सय ५१ जना र आबुदबीबाट हिमालय एयरलायन्सको विमानमार्फत् १ सय ४६ जना स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहीबारै नेपाल एयरलायन्सको अर्को विमानले दुबईबाट १ सय ५० र हिमालय एयरलायन्सको अर्को विमानले अबुदाबीबाट १ सय ५२ जना नेपाली लिएर आउनेछ ।

बुधबार विभिन्न देशबाट ६ सय भन्दा धेरै नेपाली स्वदेश फर्किएका थिए । यसैबीच साउदी अरबमा रहेका नेपाली लिनका लागि हिमालय एयरलायन्सका तीन र नेपाल एयरलायन्सका दुई वटा विमान त्यसतर्फ जाँदैछन् । साँझ हिमालय एयरलायन्सका दुई विमान दमाम र एक विमान रियादका लागि उड्नेछ भने नेपाल एयरलायन्सका दुई वटा विमान रियाद र दमाम जाने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्