Logo

झलनाथको दाबी : ओली नेतृत्वको सरकार पाँच वर्ष टिके नेकपा जनमत सकिन्छ



कखरा संवाददाता


३० असोज, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन् ।

सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन् ।

ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण अहिले नै पार्टीप्रतिको जनमत खुम्चिएकाले पाँचै वर्ष सरकार टिके यसले थप घाटा हुने उल्लेख गरेका हुन् ।

कार्यक्रममा खनालले भने, ‘सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ। नेकपाको जनमत सकिन्छ। अहिले नै जनमत खुम्चिसकेको छ। जताततै सरकारको विरोध बढेको छ ।’

उनले भ्रष्टाचार बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए। खनालले पार्टीमा भएका कमी कमजोरीहरुलाई सुधार गरेर जानुपर्ने आवश्यकता औंल्याए । अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने नेकपाको भविष्य अन्धारका रहेको उनले चेतावी दिए ।

प्रतिक्रिया दिनुहोस्