Logo

कम्युनिष्ट हुन छलछाम बन्द गर्नुपर्छ: नारायणकाजी



कखरा संवाददाता


२७ असार, काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट हुनका लागि आलोचनात्मक र क्रान्तिकारी हुनुपर्ने तर छलछाम बन्द गर्नुपर्ने बताएका छन्।

शुक्रबार दिउँसो ट्वीट गर्दै नेता श्रेष्ठले सत्य, न्याय, देश, श्रमजीवी वर्ग र जनताको पक्षमा उभिन आग्रहसमेत गरेका छन् । ट्वीटमा उनले स्पष्ट रुपमा कसैको नाम उल्लेख नगरेपनि पछिल्लो समय पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीतातर्फ इंगित गरेका छन् ।

‘कम्युनिष्ट हुन, आलोचनात्मक र क्रान्तिकारी होउ । तथ्यबाट सत्य पत्ता लगाउ। सत्य, न्याय, देश, श्रमजीवी वर्ग र जनताको पक्षमा उभिउ। व्यक्तिवाद होइन, पद्धति र सामुहिकताको पक्ष लिउ। स्पष्ट र खुला होउ, छलछाम होइन। आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर। अन्धता र स्वार्थ केन्द्रित दासत्व घातक बिष हो’, श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्