Logo

‘डान्सिङ विथ द स्टार नेपाल’ प्रसारणमा आउने



कखरा संवाददाता


२६ असार, काठमाडौं । लकडाउन अगाडी घोषणा भएपनि कोरोनाको कारण सुरु हुन नसकेको टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ अब प्रसारणमा आउने भएको छ । सरकारले तय गरेको गाइडलाईनअनुसार सुटिङ गरेर शो प्रसार हुने भएको हो ।

‘तयारी सकिएपनि लकडाउनका कारण कार्यक्रमको सुटिङ रोक्नु परेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङमा जुटेका छौं ।’ २६ श्रृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एकएक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ ।

लकडाउनकै बीचमा २७ देशमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको छ । त्यही भएर नेपालमा पनि प्रसार गर्न खोजिएको हो ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो हुने निर्माण संस्थाको भनाई रहेको छ । शोका विजेताले कुल २५ लाख ९करसहित० नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्