Logo

सरिता गिरीकाे सांसद पद १५ दिनमा औपचारिक रुपमै जाने



कखरा संवाददाता


२५ असार, काठमाडौं । सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको छ ।

मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार संसदीय दलले उनलाई सांसद पदबाट हटाउन संसदलाई जानकारी गराएको हो । पार्टीको पत्र बुधबार संघीय संसदका महासचिवलाई बुझाइएको प्रमुख सचेतक उमाशंकर अगरगरियाले जानकारी दिए ।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनु पर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको गरेको थियो । सचिवालयमा निवेदन दर्ता भएसँगै अब १५ दिनभित्र गिरीको सांसद पद जानेछ ।

दलले पदबाट हटाउन पत्र पठाएको १५ दिनभित्र आवश्यक जाँचबुझ गरी सचिवालयले संसद चलेको भए संसदमा र नचलेको भए सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सूचना प्रकाशितपछि सचिवालयले त्यसको जानकारी निर्वाचन आयोगलाई दिनेछ ।

प्रतिक्रिया दिनुहोस्