Logo

सोल्टी होटल सिल



कखरा संवाददाता


२३ असार, काठमाडौं । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका नेपाल एयरलाइन्सका सात जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख रुगम कुँवरले जानकारी दिए।

‘होटलमा अहिले आवतजावत बन्द गरिएको छ। भित्र ६० जनाभन्दा बढी मानिस छन्’, कुँवरले भने। होटलमा बसिरहेका नेपाल एयरलाइन्सका उडान सदस्यदलका सात जनामा कोरोना संक्रमण देखिएको छ भने सात जनाको परीक्षणका लागि स्वाब पठाइएको छ। संक्रमितमा पाइलट र को पाइलटसमेत छन्।

नेपाल एयरलाइन्सले यो घटनाले आफ्ना उडानहरु प्रभावित नहुने जनाएको छ। स्रोतका अनुसार संक्रमितहरुलाई होटलको कोठामा ‘आइसोलेट’ गरेर राखिएको छ।

प्रतिक्रिया दिनुहोस्