Logo

मेस्सीले खेल जीवनको अन्त्य बार्सिलोनाबाटै गर्ने छन् : क्लब अध्यक्ष



कखरा संवाददाता


२३ असार, काठमाडौं । लियोनल मेस्सीले आफ्नो खेल जीवनको अन्त्य बार्सिलोनामै गर्ने क्लबका अध्यक्षले दाबी गरेका छन् ।

जोसेप मारिया बार्तोमेउले भने ‘मेस्सीले काम गर्ने सम्पूर्ण समय र फुटबल जीवन बार्सिलोनामै अन्त्य गर्ने छन् ।’

उनले अर्जेन्टिनी खेलाडी ३३ वर्षे मेस्सीले सन् २०२१ मा हालको सम्झौता समाप्त भएपछि बार्सिलोनासँग थप सम्झौता गर्न नचाहेको भन्ने दाबीहरु खारेज गरे ।

स्पेनिस नेटवर्क मोभीस्टारसँग बार्सिलोनाका अध्यक्षले भनेका छन्, ‘हामीले धेरै खेलाडीसँग कुरा गरिरहेका छौँ, तर मेस्सीले हामीलाई भनेका छन् कि उनी यहि क्लबमा बस्न चाहन्छन् ।’

‘र हामी उनको खेल कौशलबाट लामो समय रोमाञ्चित हुने छौँ ।’

प्रतिक्रिया दिनुहोस्