Logo

‘पठाओ’ले पुन: सुरु गर्‍यो सेवा



कखरा संवाददाता


२१ असार, काठमाडौं । मोटरसाइकल सेवामा उपभोक्ताबाट प्रशंसा बटुलेको ‘पठाओ’ले लकडाउनको तीन महिनापछि पुनस् आफ्नो सेवा सुरु गरेको छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अति आवश्यक सेवा मात्रै उपलब्ध गराउन पठाओको सेवा सुरु गरेको पठाओका कार्यकारी अधिकृत (सिइओ) असिममान सिहं बस्नेतले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘हामीले अति आवश्‍यक सेवाका लागि मात्रै पठाओ सञ्‍चालन गरेका छौँ । सामान्‍य भएमा राइडरले नै क्‍यान्सिल गर्छ । ‘

बस्नेतका अनुसार ‍ग्राहकबाट पठाओको माग बढेपछि पहिलो दिन २० जना राइडर हुँदै तेस्रो सयजनालाई प्रोटेक्टिभ इक्विपमेन्ट सहित अनुमति दिइएको हो ।

उनले भने, ‘हामी प्रति राइडर प्रोटेक्टिभ सुट, २० ओटा मास्क, सेनिटाइजर दिएका छौँ । यात्रुलाई भने अनिवार्य रुपमा मास्क लगाउनु पर्ने मापदण्ड बनाएका छौँ ।’

यसका साथै टूटलले पनि आफ्नो नियमित सेवा सुरु गरेको छ। उसले पनि आफ्ना राइडरलाई पनि मास्क, सेनिटाइजर र पीपीई दिदैँ सेवा सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्