Logo

युट्युबरबाट दिक्क साम्राज्ञी



कखरा संवाददाता


१७ असार, काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केहि दिन देखि इन्स्टाग्राममा सक्रिय रहेकी छन् । केहिदिन अगाडी आफुले फिल्मको सुटिङका बेला भोगेको तितो अनुभव सेयर गरेकी थिइन् भने हिजो भुवन केसीले जापानमा गरेको दुर्व्यवहारको बारेमा खुलेर बोलेकी थिइन् । उनले कुनै मिडियामा नगई इन्स्टामार्फत आफ्नो तितो अनुभव आफ्ना दर्शकमाझ साटिरहेकी छन् ।

केहि दिनदेखि मिडियामा छाइरहेकी साम्राज्ञीले आज फेरि अर्को कुरा पोष्ट गरेकी छन् । उनले केहिदिन देखि युट्युव पत्रकार भनिनेले अन्तर्वार्ताका लागि बारम्बार फोन गर्ने गरेको बताएकी छन् । उनले इन्स्टा मार्फत आफूलाई अन्तरवार्ताका लागि फोन आएको तर युट्युब पत्रकारलाई अन्तर्वार्ता नदिनुको कारण खुलस्त पारेकी छन् ।

युट्युव पत्रकारले आफ्नो बेइज्जत गराएको उनको आरोप छ । बोलेको कुरा भन्दा फरक हेडलाईन बनाएर युट्युवरले आफ्नो वेइज्जत गरेको र फेरि वेइज्जत हुनका लागि अन्तर्वार्ता नदिने बताएकी छन् ।

आफुलाई बेइज्जत गराएर युट्युब पत्रकारले पैसा कमाएको समेत आरोप लगाएकी छन् । यस्ता युट्युवरबाट आफुलाई आफु वाक्क दिक्क भएको र युट्युवको हेडलाईन देखेर टाउको दुख्ने र औषधी नै खानु पर्ने बताएकी छन् । उनी थप्छिन्, ‘मलाई मात्र होइन धेरै कलाकारहरुलाई यस्तै बनाइरहेका छन् । हामीलाई नराम्रो बनाएर पैसा कमाउने । बरु हामीलाई पनि पैसा देउ । लाइसेन्स छ की छैन थाहा छैन तर क्यामेरा र माईक बोक्या छ अन्तर्वार्ता भन्या छ ।’

उनले खुलेर युट्युवरको चर्को आलोचना गरेकी छन् । उनको बोलीमा युट्युवर माथी शब्दका प्रहार भएका छन् । ‘बरु आफै युट्युव चलाएर बस्नुपर्ला पैसा पनि आउने रहेछ’, उनले युट्युबरलाई व्यङ्ग गर्दै थपिन् ।

फिल्म प्रोमोशनका बेला निर्माता र निर्देशकलाई युट्युवरसँग अन्तरवार्ता नदिइ रेडियो टेलिभिजनमा दिनुपर्छ भन्दा नमानेको उनको आरोप छ । ‘डिरेक्टरले पैसा तिरेको छ अन्तरवार्ता दिनुपर्छ अरु भन्दा पनि भ्युज राम्रो छ’ भन्दै अन्तरवार्ताका लागि अगाडी सार्ने गरेको उनले खुलाइन् ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

प्रतिक्रिया दिनुहोस्