Logo

‘तिमी उता म यता’ मा मिलन र राजनराज



कखरा संवाददाता


१६ असार, काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको यूगल गायन रहेको गीत छ ‘तिमी उता म यता’ सार्वजनिक भएको छ । असार १५को अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि शिवाकोटीकै छ ।

गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसमा गायक गायिका आफैंले अभिनय गरेका छन् । केही दिनअघि दक्षिणकालीमा छायाँकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । राजेशपुमा राईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्