Logo

अतिरिक्त समयको गोलले म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा



कखरा संवाददाता


१४ असार, एजेन्सी । संघर्षपूर्ण खेलमा जित निकालेर म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

एफए कपको छैटौँ चरण अन्तर्गत शनिबार राति नर्विचको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा २–१ जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५१ औँ मिनेटमा ओडिअन इघालोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।

तर ७५ औँ मिनेटमा क्यान्टवेलले नर्विचका लागि बराबरी गोल गरे । ८९ औँ मिनेटमा सिधै रातो कार्ड पाएर टिम क्लोज मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा सीमित भयो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा ११८ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्