Logo

पूजाको जवाफः नेपालमा १४ जिल्ला, ७२ वटा प्रदेश



कखरा संवाददाता


१४ असार, काठमाडौं । अभिनेत्री पूजा शर्मा नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक चर्चा आइरहने अभिनेत्री हुन भन्दा फरक नपर्ला । नेपाली नायिकहरु मध्ये सर्वाधिक महंगो पारिश्रमिक लिने अभिनेत्री शर्मा यस पटक भने नेपालको जिल्ला र प्रदेश कति छन् भन्ने प्रश्नको गलत जवाफ दिएका कारण विवादमा परेकी हुन् । सामाजिक सञ्जालमा उनको अन्तर्वाताको सानो अंश यतीबेला भाइरल भइरहेको छ ।

खासमा उनले सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को प्रचारप्रसारको क्रममा झण्डै ३ महिना अगाडि दिएको एक अन्तर्वाता यती बेला सामाजिक सञ्जालमा भाइरल भएको हो । रंगपत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’मा लिइएको एक अन्तर्वातामा उनले नेपालमा कति वटा प्रदेश छन् भनेर सोधेका थिए । जवाफमा अभिनेत्री पूजा शर्माले अक्मकिदै ७२ वटा भनेर जवाफ फर्काएकी छन् । केही असहज मानेकी पूजाले हाँस्दै परिस्थिती सहज बनाउने प्रयत्न गरेकी छन् भने रंगपत्रकार सुवेदीले ‘फोन अ फ्रेण्ड’ गरौँ भन्दै जिस्काएका छन् ।

गलत जवाफ आएपछि सुवेदीले फेरि सोध्दछन्, ‘अञ्चल छाडौँ नेपालमा कतिवटा जिल्ला छन् ?’ भनेर प्रश्न थपेका छन् । यस प्रश्नको जवाफमा अभिनेत्री शर्माले ‘१४ वटा’ भनेपछि हाँसो फैलिन्छ। सुवेदीले जिस्कदैँ भन्छन्, ‘गज्जब भन्नु भो ताली बजाउँ ।’ सामाजिक सञ्जालमा भाइरल भएको यो क्लिपलाई लिएर धेरैले पूजाको आलोचना गरेका छन् भने केहीले सानो भिडियो क्लिपको आधारमा पूजाको आलोचना गर्न नहुने भनेका छन्। भिडियो क्लिप भाइरल भएपछि युट्युव च्यानलबाट हाटाइएको छ ।

Posted by San Jay on Friday, June 26, 2020

प्रतिक्रिया दिनुहोस्