Logo

अर्जुनले ल्याए ‘मैले बोलेको छैन ढाँटेर’



कखरा संवाददाता


११ असार, काठमाडौं । पछिल्लो समयका हिट संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको ‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीत सार्वजनिक भएको छ ।

कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक गायिकाकै अभिनय देख्न सकिन्छ ।

भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्